ग्रामीण मानव बस्ती वातावरण विशेष समिति गठन
2023-02-27 14:57:35cri
Share with:

चीनको राष्ट्रिय ग्रामीण पुनरुत्थान ब्युरोबाट प्राप्त जानकारी अनुसार कृषि र ग्रामीण मामिला मन्त्रालय आदि विभागहरुको नेतृत्वमा ग्रामीण निर्माण विश्वविद्यालय गठबन्धनको ग्रामीण मानव बस्ती वातावरण विशेष समिति हालै थ्यान चिन विश्वविद्यालयमा स्थापना भएको छ। यस विशेष समितिले स्थानीय सरकारहरू, सम्बन्धित विभागहरू, विश्वविद्यालयहरू, वैज्ञानिक अनुसन्धान संस्थाहरू र योजना तथा डिजाइन एकाइहरूलाई ग्रामीण मानव बस्तीको क्षेत्र सम्बन्धी कार्यहरू गर्न निर्देशन दिनेछ। जसबाट सुविधासम्पन्न तथा सुन्दर ग्रामीण क्षेत्रको निर्माण प्रवर्द्धन गर्न सकिनेछ।

 ग्रामीण निर्माण विश्वविद्यालय गठबन्धन सन् २०२१ मा स्थापित भएको हो। ग्रामीण मानव बसोबास वातावरण सुधार गर्न पाँच वर्षको कार्यलाई सक्रिय रूपमा प्रतिक्रिया दिन विश्वविद्यालय गठबन्धनले "ग्रामीण मानव बसोबास वातावरण विशेष समिति" स्थापना गर्ने निर्णय गरेको छ।