सौभाग्यको बतास
2023-02-27 14:03:46CRI
Share with:

चीनको हङकङका युवा व्यवसायी य सिन ह्वाला उनको मेहनतमा ता वान क्षेत्रबाट सौभाग्यको बतास पठाइएको छ।

सन् २०१७ मा य सिन ह्वाले चीनको क्वाङ तोङ प्रान्तको फो शान सहरमा कोङ ह स्पेसको स्थापना गरेर हङकङका युवाहरूला मुख्य भूमिमा आफ्नो कार्य स्थापना गर्न मद्दत गरिरहेका छन्। हङकङ, मकाउ र क्वाङ तोङ प्रान्तका धेरै सहरबाट गठित भएको ता वान क्षेत्र उत्कृष्ठ भौगोलिक स्थान र नीतिको समर्थनमा यस सहर समूहमा व्यापारिक र प्राविधिक सिर्जना अवसर भरिपूर्ण छ। उच्च गति रेल तथा हङकङ-चुहाई-मकाउ पुलले ता वान क्षेत्रका ११ सहरलाई जोडेरएक घण्टामा पुग्ने जीवन सर्कलबनाएको छ।

छोटो समयमै य सिन ह्वाको प्रयासमा धेरै हङकङका युवाहरूले ता वान क्षेत्रमा आफ्ना कार्य स्थापना गर्न आएका छन्। य सिन ह्वा र हङकङबाट आएका अरू धेरै साथीहरू अहिले फोशान सहरमा बसोबास गर्दैगर्दा उनीहरूलाई फोशान सहर घर जस्तो लागेको छ।