विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार नाघ्यो
2023-02-28 16:33:19cri
Share with:

नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यीमध्ये सात हजार ११० जना पुरुष र  दुई हजार ९७० जना महिला छन् ।

 

योसँगै काउन्सिलको तथ्याङ्क अनुसार नेपालमा हालसम्म ३२ हजार २ सय १८ जना चिकित्सक दर्ता भएका छन् । जसमा मेडिकल तर्फबाट २७ हजार ८०५ र डेन्टलमार्फत  चार हजार ४१३ जना छन् । काउन्सिलमा दर्ता भएको विशेषज्ञ डाक्टरको तथ्याङ्क अनुसार सबैभन्दा बढी इन्टरनल मेडिसिनमा छन् । इन्टरनल मेडिसिनमा एक हजार ८८ जना डाक्टर दर्ता छन्। त्यसपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जेनेरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बाल रोग विशेषज्ञ ७८१, बेहोस बनाउने (एनेस्थेसियोलोजी) ६७७  र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जना छन्।


गोरखापत्रले लेखेको छ, काउन्सिलको तथ्याङ्क अनुसार बेसिक साइन्सतर्फ एनाटोमी ६१, बायोकेमेष्ट्री ६०, कम्युनिटी मेडिसिन एन्ड पब्लिक हेल्थ १९०, फरेन्सिक मेडिसिन ५३, हस्पिटल एड्मिनिस्ट्रेसन ४, माइक्रोबायोलोजी ७५, प्याथोलोजी ३६२, फर्माकोलोजी ८०, फिजियोलोजी ७२ जना छन् । त्यसै गरी, इन्टरनल मेडिसिन एक हजार ८८, मधुमेह तथा हर्मोन (इन्ड्रोक्राइनोलोजी) २८, मुटुरोग विशेषज्ञ (कार्डियोलोजी) १२६, बालबालिकाको मुटु रोग (पेडियाट्रिक्स कार्डियोलोजी) एक, क्लिनिकल जेनेटिक्स दुई, क्रिटिकल केयर मेडिसिन दुई, फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन तीन, ग्याष्ट्रोइन्टेरेलोजी ४५, रगत रोग विशेषज्ञ (हेमाटोलोजी)तीन,  कलेजो रोग विशेषज्ञ(हेपाटोलोजी)एक,  मिर्गौला (नेफ्रोलोजी) २६ जना छन् ।  त्यस्तै बाथरोग विशेषज्ञ (र्युमाटोलोजी), श्वासप्रश्वास र क्षयरोग(रेस्पिरेटरी एन्ड टिबी )३१,  ट्रान्सफ्युजन मेडिसिन एन्ड टिस्यु टाइपिङ तीन,  ट्रपिकल मेडिसिन एक, फ्यामेली मेडिसिन एक, पल्मोनोलोजी दुई, प्यालिटिभ मेडिसिन एकजना छन् ।


त्यस्तै जेनेरल सर्जरीतर्फ ९४७ रहेको काउन्सिलले जनाएको छ । जसमा कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी १७, कार्डियाक सर्जरी सात, ग्यास्ट्रो सर्जरी दुई हेपाटोबिलरी सर्जरी छ, न्यूरो सर्जरी ५९, पेडियाट्रिक सर्जरी १९, प्लास्टिक सर्जरी १३, सर्जिकल अंकोलोजी २१, युरोलोजी (पिसाब प्रणाली)५५, कोलोरेक्टल सर्जरी एक, थोरासिक सर्जरी एक छन् । त्यस्तै बेहोस बनाउने ( एनेस्थेसियोलोजी )का ६७७ जना रहेको काउन्सिलको छ ।

 

छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजी एन्ड भेनेरोलोजी)३३९, नाक, कान, घाँटी ३२८, इमर्जेन्सी मेडिसिन ११, जेनेरल प्राक्टिस४५१, ज्येष्ठ नागरिक (जेरियाट्रिक मेडिसिन )५, नवजात शिशु (नियोन्याटोलोजी) आठ, न्युक्लियर मेडिसिन १६, प्रसूति तथा स्त्रीरोग ९९४, क्यान्सर रोग विशेषज्ञ (अंकोलोजी) ११, आँखा रोग विशेषज्ञ (अप्थाल्मोलोजी ) ४६३, हाडजोर्नी (अर्थोपेडिक्स) ८०५, बालरोग विशेषज्ञ (पेडियाट्रिक्स)७८१, पेडियाट्रिक हेमाटो अंकोलोजी एक, पेडियाट्रिक नेफ्रोलोजी एक, मानसिक रोग विशेषज्ञ (साइक्याट्रि २४४, रेडियोथेरापी २९, रेडियोलोजी एन्ड इमेजिङ ६६३, पेडियाट्रिक हेमाटोलोजी एक, पेडियाट्रिक ग्याष्ट्रोइन्टेरोलोजी दुई जना रहेको काउन्सिलले जनाएको छ । 

 

दाँत रोग तर्फ एमडिएस २३१,कम्युनिटी डेन्टिस्ट्री छ,कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिस ६६,ओरल एन्ड म्याक्जिलोफेसियल सर्जरी ८८,ओरल मेडिसिन एन्ड रेडियोलोजी १२,ओरल प्याथोलोजी १५,ओरल साइन्स दुई,अर्थोडोन्टिस १३२,पेडोडोन्टिस ३३ ,पेरियोडोन्टिस ५८,प्रस्थोन्डटिक्स ९१,पब्लिक हेल्थ डेन्टिस्ट्री छ,फरेन्सिक ओडोन्टोलोजी एक जना छन् ।