राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रजातान्त्रिक परामर्शदातृ बैठकलाई महत्वपूर्ण सम्बोधन
2023-02-28 21:04:53cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले फेब्रअरी २८ तारिख प्रजातान्त्रिक परामर्शदातृ बैठकको आयोजना गर्दै चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय संस्थाको सुधार सम्बन्धी प्रस्ताव, १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा सिफारिश गरिने राष्ट्रिय संस्थाका नेताहरुको नामावली तथा राष्ट्रिय जन राजनीतिक परामर्शदातृ सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनमा सिफारिश गर्ने राष्ट्रिय जन राजनीतिक परामर्शदातृ सम्मेलनका नेताहरुको नामावलीबारे विभिन्न प्रजातान्त्रिक पार्टीको केन्द्रीय समिति, राष्ट्रिय मजदूर वाणिज्य संघ तथा निर्दलीय प्रतिनिधिहरुलाई सुनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यस बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा उठाइएको चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय संस्थाको सुधारबारे महत्वपूर्ण निर्देशन दिनुभयो।