सन् २०२२ मा वार्षिक अन्न उत्पादन ६८६.५३ मिलियन टन - राष्ट्रिय तथ्याङ्क ब्यूरो
2023-02-28 15:14:53cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले २८ तारिख "सन् २०२२ जन गणतन्त्र चीनको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास तथ्याङ्कीय विज्ञप्ति" जारी गरेको छ।

 यस विज्ञप्तिको सम्बन्धित् तथ्याङ्कले सन् २०२२ मा वार्षिक ६८ करोड ६५ लाख टन खाद्यान्न उत्पादन भएको देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.६८ मिलियन टन बढी हो। तीमध्ये, गृष्मको अन्न उत्पादन १४७.४ मिलियन टन छ र १ प्रतिशतको वृद्धि देखिएको छ। प्रारम्भिक धानको उत्पादन २८.१२ मिलियन टन रहेको छ र ०.४ प्रतिशतको वृद्धि भएको छ। शरद अन्नको उत्पादन ५११ मिलियन टन छ र ०.४ प्रतिशतको वृद्धि देखिएको छ। वार्षिक अन्न उत्पादन ६३३.२४ मिलियन टन छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले बढेको छ। तीमध्ये धानको उत्पादन २ प्रतिशतले घटेर २० करोड ८४ लाख ९० हजार टन रहेको छ। गहुँको उत्पादन ०.६ प्रतिशतले बढेर १३ करोड ७२ लाख ९० हजार टन पुगेको छ। मकैको उत्पादन १.७ प्रतिशतले बढेर २७ करोड ७२ लाख टन रहेको छ। सोयाबीन उत्पादन २०.२८ मिलियन टन छ भने २३.७ प्रतिशतको वृद्धि भएको देखिन्छ।