नेपालमा लगानी र पर्यटनका अवसर विषयक गोष्ठी बेइजिङमा
2023-02-28 17:29:05cri
Share with:

बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा पर्यटन र लगानीका अवसर विषयक गोष्ठीको आयोजना गरेको छ। गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीन र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै चिनियाँ पर्यटक र लगानीकर्ताहरूका लागि नेपालमा सुनौलो अवसर रहेको बताउनुभयो।

 

दूताबासका प्रथम सचिव नितेश सापकोटाले नेपालमा वैदेशिक लगानीको वातावरणबारे जानकारी गराउनुभयो भने द्वितीय सचिव श्रुति कडरियाले नेपालको पर्यटन क्षेत्र र यसका अवसरबारे प्रस्तुति दिनुभएको थियो।

 

गोष्ठीमा विभिन्न पर्यटन व्यवसायीहरू, चिनियाँ संचारमाध्यम तथा सम्बद्ध जिम्मेवार चिनियाँ प्रतिनिधिहरू सहभागी थिए।