पूरै विश्वलाई पैसा तिर्न खोजेको? जापानको इज्जत धरापमा
2023-02-28 16:50:04cri
Share with:

१२ वर्षको समयबाट जनताले गुमाएको विश्वासलाई जोगाउन सकिन्छ कि? त्यो फुकुशिमा टापुको आणविक घटना देखापरेको १२ वर्षपछि हाल जापानी फुजी न्युज नेटवर्कले जारी गरेको एउटा रिपोर्टमा उठाइएको प्रश्न हो। अधिकांश तथ्यबाट के प्रमाणित भएको छ भने जापान सरकारले जनताको विश्वासलाई जोगाउन नसकेको मात्र नभई अविश्वासको दिशातिर अघि बढ्दै जानेछ।

 

फेब्रअरी २५ तारिख जापानी अर्थ मन्त्री यासुतोशी निशिमुराले आणविक प्रदूषित पानीलाई समुद्रमा निष्काशन गरिने योजनाबारे फुकुशिमा टापुको इवाकी शहरमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो। पहिले जस्तै स्थानीय मत्स्य व्यवसायका व्यक्तिहरूले कडा शब्दमा त्यसको विरोध गर्नुबाहेक उनीहरूको स्वीकृत बिना जथाभावी प्रदूषित पानीलाई समुद्रमा निष्काशन गरेको कारवाई विश्वास विपरीत भएको भन्दै जापान सरकारमाथि आशंका गरेका छन्।

 

समुद्र विश्वका विभिन्न मुलुकहरूका लागि बाँच्ने र विकास हुने आधार नै हो। यदि जापानले जथाभावी प्रदूषित पानीलाई समुद्रमा निष्काशन गरेको खण्डमा अन्तर्राष्ट्रिय समाजले संयुक्त गतिविधिमार्फत् कानूनी तरिकाद्वारा साझा हितको संरक्षण गर्नुपर्छ। पूरै विश्वलाई पैसा तिर्न खोजेको जापान अन्त्यमा ऐतिहासिक अपराधी ठहरिनेछ।