ओहियो रेल दुर्घटनापछि ब्रोन्काइटिस सहित रासायनिक सम्बन्धित रोगहरूबाट स्थानीय प्रभावित भएको पुष्टि
2023-02-28 16:47:22cri
Share with:

यसै महिना खतरनाक रसायन बोकेको एउटा रेल पटरीबाट खसेपछि भएको भयानक दुर्घटनाबाट प्रभावित साइट नजिकका स्थानीय र कामदारहरूको रोगको निदान गरिएको छ। उनीहरूलाई ब्रोन्काइटिस र अन्य अवस्थाहरू देखापर्नुको कारणलाई डाक्टर र नर्सहरूले रासायनिक एक्सपोजरसँग जोडिएको भनेर अनुमान गरेका छन्।

 

पूर्वी प्यालेस्टाइन ओहायोमा दुर्घटना स्थलको एक माईलभित्र बस्ने मेलिसा ब्लेकले नोर्फोक दक्षिणी रेल दुर्घटनाको दुई दिन पछि फेब्रुअरी ५ मा खोकी लाग्न थालेको र सास फेर्न गाह्रो भइरहेकोमा उनलाई रासायनिक धुवाँको कारण तीव्र ब्रोन्काइटिस भएको कुरा एनबीसी न्यूजले जनाएको छ।


केरामफ्याबमा एक निर्माण कम्पनीका करीब १० जना कामदारहरु मध्ये पाँच जना मङ्गलबारसम्म पनि काम गर्न नसक्ने गरी धेरै बिरामी भएको महाप्रबन्धक होवर्ड यांगले बताए। याङले विष्फोटको जोखिमबाट बच्न जानी जानी रेलमा आगजनी गरिएको र विनाइल क्लोराइड नामक कार्सिनोजेनिक केमिकल लिक छोडेर दुर्घटना भएकाले कम्पनीले करिब एक साताको लागि सञ्चालन नै स्थगित गर्नुपरेको जनाए। ओहियो रेल दुर्घटनापछि ब्रोन्काइटिस सहित रासायनिक सम्बन्धित रोगहरूबाट स्थानीय प्रभावित भएको एनबीसी न्यूजले जनाएको छ।