सीपीसीको २० औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको विज्ञप्ति
2023-02-28 17:27:04cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक फेब्रअरी २६ देखि २८ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ।

 

उक्त पूर्ण बैठकको अध्यक्षता केन्द्रीय समितिको राजनीतिक ब्युरोले गरेको हो। केन्द्रीय समितिका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। बैठकमा महासचिव सीले केन्द्रीय समितिको राजनीतिक ब्युरोको वारिसमा पेश गर्नुभएको कार्य प्रतिवेदनको सुनुवाई गरिएको छ।

 

महासचिव सीले पार्टी र देशको संस्थाको सुधार योजना(मस्यौदा)बारे पूर्ण बैठकसमक्ष ब्याख्या गर्नुभयो।

 

राम्रोसँग १४ औं राष्ट्रिय जन काङग्रेसको पहिलो अधिवेशन र १४ औं जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशनको आयोजना गर्नु नै सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्न र चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउनका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको कुरामा पनि पूर्ण बैठकले जोड दिएको छ।