अमेरिकाद्वारा ६३ पटक विश्व व्यापार संगठनको काममा अवरोध
2023-03-01 17:11:48cri
Share with:

विश्व व्यापार संगठनले फेब्रअरी २७ तारिख आयोजना गरेको विवाद व्यवस्थापन निकायको नियमित सम्मेलनमा अमेरिकाले फेरि “एक मतद्वारा निषेधाधिकार” को दुरुपयोग गरी उजुरी निकायका नयाँ न्यायाधीश छान्ने प्रक्रिया सम्बन्धी प्रस्तावमाथि भिटो लगाएको छ। १२७ मुलुकहरुले संयुक्त रुपमा सो प्रस्ताव प्रस्तुत गरेका थिए तथापि त्यसलाई ६३ पटक रोकिएको छ। ग्वाटेमालाका प्रतिनिधिले नयाँ न्यायाधीश छान्ने प्रक्रियालाई रोकिनुमा कुनै पनि कानूनी आधार नरहेको भन्दै त्यसले विश्व व्यापार संगठनका धेरै सदस्य मुलुकहरुको अधिकारलाई बिगारेको औँल्याए।

“नियमको सम्मान गर्नुपर्छ” वाशिन्टनका राजनीतिज्ञहरुले सधैं नै बोल्ने कुरा हो। तथापि उनीहरुले आफ्नो हितअनुकूल नरहेको नियमको सम्मान गर्दैनन्। बाइडेन सरकारले “ठूलो मुलुक बीचको प्रतिस्पर्धा” को झण्डा उठाएर “अमेरिकालाई प्राथमिकता दिनुपर्ने” सिद्धान्तको पालना गरी निरन्तर रुपमा अन्तर्राष्ट्रिय व्यापार नियम बिथोल्दै आएको छ।

 

अमेरिकाको उक्त गतिबिधिले विश्वको उत्पादन श्रृंखला तथा आपूर्ति श्रृंखलामा गम्भिरताका साथ असर पार्दै स्वतन्त्र व्यापार सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम विपरीत काम  गरेको छ।

 

अन्तर्राष्ट्रिय नियम अमेरिकाको “घरेलु नियम” होइन, त्यसले अमेरिकाका लागि मात्रै सेवा प्रदान गर्नु हुँदैन। यदी अमेरिकाले जिद्दी गरेर विश्व व्यापार संगठनको कामलाई रोक्ने हो भने त्यसले अन्त्यमा आफूलाई नै रोक्नेछ।