चिनियाँ राष्ट्राध्यक्षद्वारा साइप्रसका निर्वाचित राष्ट्रपति निकोसलाई बधाई
2023-03-01 10:07:48cri
Share with:

मार्च १ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले साइप्रस गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा निकोसलाई बधाई ज्ञापन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार, हाल चीन-साइप्रसको रणनीतिक साझेदारी सम्बन्धले उच्च स्तरको विकासलाई कायम राख्नुकासाथै दुई देशबीचको मित्रता समयसँगै प्रगाढ बन्दै गएको र राजनीतिक आपसी विश्वास अझै गहिरो हुँदै गएको तथा विभिन्न क्षेत्रमा आदान-प्रदान र सहयोग बढेको छ। उहाँले भन्नुभयो कि म चीन-साइप्रस सम्बन्धको विकासलाई ठूलो महत्त्व दिन्छु र म चीन-साइप्रस रणनीतिक साझेदारीको प्रवर्द्धन गर्नका लागि राष्ट्रपति निकोससँग मिलेर काम गर्न इच्छुक छु जसले गर्दा थप उपलब्धि हासिल गर्न सकिने छ र दुई देशका जनतालाई अझ राम्रो हित सिर्जना गर्न सकिने छ।