राष्ट्राध्यक्ष सी चिनफिङद्वारा केन्द्रीय समितिको पार्टी स्कूल स्थापनाको ९०औं वार्षिकोत्सव समारोहलाई महत्वपूर्ण सम्बोधन
2023-03-01 18:30:14cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल स्थापनाको ९० औं वार्षिकोत्सव समारोह अर्थात् सन् २०२३ वसन्तकालीन कक्षाको शुभारम्भ समारोह मार्च १ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले त्यस समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले पार्टीका लागि दक्ष व्यक्ति हुर्काउने र पार्टीसमक्ष राय सुझाव प्रस्तुत गर्ने पार्टी स्कूलको अडिग उद्देश्य रहेको कुरामा जोड दिनुभएको छ। विभिन्न तहका पार्टी स्कूलहरूले उद्देश्य बमोजिम सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण गर्न र चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउनका लागि नयाँ योगदान गर्दै जान राष्ट्राध्यक्ष सीले प्रोत्साहन गर्नुभएको छ।