सातदोबाटो युथ क्लवलाई चिनियाँ खेल सामग्री उत्पादक कम्पनीको प्रायोजन
2023-03-01 16:27:19cri
Share with:

ए डिभिजन टोली सातदोबाटो युथ क्लवलाई चिनियाँ खेल सामग्री उत्पादक कम्पनी लि निङले प्रायोजन गरेको छ। नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।

 

सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवको टोलीले चाइना ट्रेड लिङ्कको लिनिङ र युक्यान ब्राण्डको किट प्रयोग गर्ने नेपालखबर अनलाइनले जनाएको छ।

 

एक वर्षका लागि भएको सम्झौता अवधिमा सातदोबाटोले घरेलु मैदानमा हुने खेलमा लिनिङ र घर बाहिर हुने लिगको खेलमा युक्यानको जर्सी प्रयोग गर्ने बताइएको छ।

 

लिग फागुन १९ गते देखि हुने एन्फाले घोषणा गरिसकेको छ।