चाइना मिडिया ग्रुप र सीलिङ सिल कला समाजबीच रणनीतिक सहयोग
2023-03-01 14:59:36cri
Share with:



मार्च १ तारिख चाइना मिडिया ग्रुप र सीलिङ सिल कला समाज सँस्थाले रणनीतिक सहयोग प्रारुप सम्झौतामा हस्ताक्षर गरेका छन्।

चिनियाँ उप प्रचार मन्त्री एवम चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्युङ, चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त स्थायी समितिका सदस्य ल्यु चे, चाइना मिडिया ग्रुपका उपाध्यक्ष सीङ पौ उक्त हस्ताक्षर कार्यक्रममा सहभागी हुनुभएको छ।

कार्यक्रममा उपाध्यक्ष सीङ पौले सम्बोधन गर्दै जन गणतन्त्र चीनको परम्परागत संस्कृति चिनियाँ जातियहरुको आत्मा भएको तथा पुस्तौँपुस्ताका कलाकारहरुले हजारौँ वर्षदेखिको संस्कृतिको पुस्तान्तरण गर्दै कुची र कलमले दीर्घकालीन चिनियाँ सभ्यता र संस्कृतिलाई जीवन्त बनाएको तथा बहुमूल्य भौतिक र आध्यात्मिक सम्पत्ति छोडेको बताउनुभयो।

यस सम्झौताका अनुसार यी दुवै पक्षहरुले सुन र ढुङ्गाको छाप कुँदाइ कलाको सँयुक्त निर्माण तथा प्रचार गर्दै विदेशीहरुलाई चिनियाँ छाप कुँदाइ संस्कृतिकको कथा सुनाउने प्रयास गर्ने छन्।