मानवअधिकार जनताको अधिकार हो तर कुनै राजदण्ड होइन
2023-03-01 10:26:29CRI
Share with:

मानवअधिकारला सम्मान र संरक्षण गर्नु नै समस्त मानवजातिको साझा धारणा बनेको छ तर विश्वमा सबै मुलुकसँग अनुकूलन भएको मानवअधिकार विकास बाटो छैन। पश्चिमा मुलुकको व्यक्तिवादको धारमा स्थापित अमूर्त मानवअधिकार धारणासँग फरक चीनको मानवअधिकार धारणा जनता केन्द्रित विचारमा अडिग रहेको छ। सन २०१८ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व मानवअधिकार घोषणा पत्र जारी भएको ७०औँ वार्षिकोत्सव बैठकला बधा सन्देश पठाएर जनताको खुशियाली जीवन सबैभन्दा ठूलो मानवअधिकार भएको विचार उठाउनुभयो।

 

सन २०२१को जुलाइ १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयँ वार्षिकोत्सवको समारोहमा सी चिनफिङले घोषणा गर्नुभएको थियो कि चीनले सम्पन्न समाजको स्थापना कार्य समष्ट रूपमा पूरा गरी निरपेक्ष गरिबी समस्याको ऐतिहासिक रूपमा समाधान गरेर पहिलो शतवार्षिक लक्ष्यलाई पूरा गरेको छ। सम्पन्न समाजको निर्माण पूरा गर्ने उपलब्धि पाउन असहज छ। सन् २०१३ देखि ८ वर्षसम्मको लगातार प्रयासमा चीनले समयमै गरिबी निवारण लक्ष्य पूरा गरेको थियो भने वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामीण गरिब जनतालाई गरिबीमुक्त गराएको छ, ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँलाई गरिबीबाट मुक्त गराएको छ, क्षेत्रीय समस्त गरिब समस्याको समाधान गरिएको छ। यसरी नै संयुक्त राष्ट्र संघको सहस्राब्दी विकास लक्ष्यमा गरिबी निवारण लक्ष्यको पूरा गरेको पहिलो विकासोन्मुख मुलुक चीन बनेको छ भने विश्वको गरिबी निवारणको योगदान दर ७० प्रतिशत नाघेको छ। चीनले सम्पन्न समाजको समस्त निर्माण गरेको ऐतिहासिक प्रकृया मानवजातिको मानवअधिकार विकास इतिहासमा अत्यन्तै महत्वपूर्ण अंश हो साथै विश्वका विकासोन्मुख मुलुकको मानवअधिकार विकासलाई मूल्यवान चीन अनुभव प्रदान गरेको छ।

 

यसबाहेक तेह्रँ पञ्च वर्षीय विकास लक्ष्य अवधिमा चीनको ठूलो आर्थिक विकास भएको छ। ७०० खर्ब चिनियाँ युआन नपुगेको जीडीपीबाट १००० खर्ब चिनियाँ युआनभन्दा धेरै बढेको छ भने औसत प्रतिव्यक्ति जीडीपी १० हजार अमेरिकी डलरभन्दा बढी पुगेको छ र उच्च आय आर्थिक समूहतर्फ स्थीर रूपमा विकास भएको छ। सन् २०२० सम्म राष्ट्रिय बासिन्दाको प्रतिव्यक्ति डिस्पोजेबल आय ३२ हजार १ सय ८९ चिनियाँ युआन पुगेको छ भने सन् २०१०को दोब्बर पुर्याउने लक्ष्य समयमै पूरा भएको छ, शहरी झोपडबस्ती आवास नवीकरण कार्यक्रम सुरू भएपछि संख्यामा २ करोड ३० लाख सेट नाघेको छ, राष्ट्रिय आधारभूत बन्दोबस्ती बीमा र आधारभूत चिकित्सा बीमामा संलग्न संख्या छुट्टाछुट्टै गरी ९९ करोड ९० लाख र १ अर्ब ३६ करोड पुगेको छ भने बिमा योग्य समूहको ९१ प्रतिशत र ९५ प्रतिशत पुगेको छ, अनिवार्य शिक्षा लक्ष्यको आधारभूत रूपमा पूरा भएको छ, ती उपलब्धिहरूबाट जनताको केन्द्रित विकास विचार प्रतिबिम्बित भएको छ साथै चीनको मानवअधिकार संरक्षण कार्यको निरन्तर प्रगति देखिएको छ, जनताको खुशियाली जीवन सबैभन्दा ठूलो मानवअधिकार धारणाको अभ्यास पनि हो।

 

तर कुनै शक्तिले चीनको सिनच्याङ, तिब्बत, हङकङसमेतको मामिलाको प्रयोग गरी चीनला बदनाम गरिरहेका छन्। मानवअधिकार नै जनताको अधिकार हो तर कुनै व्यक्तिबाट राजनीतिकरण, हतियारकरण, उपकरणीकरण भएको राजदण्ड होइन। चीनको मानवअधिकार विकास उपलब्धि स्पष्ट छ भने अरू मुलुकको हस्तक्षेप चाहेको छैन र स्वीकार पनि गरिँदैन। चीनका पररष्ट्रमन्त्री छिन काङले संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ५२औँ सम्मेलनको उच्च स्तरीय बैठकला सम्बोधन गर्नुभएझैँ मानवअधिकार नै अरू मुलुकको न्तरिक मामिलामा हस्तक्षेप गर्ने र अरू मुलुकको विकासला बाधा पुर्याउने निहुँ बन्नुहुँदैन। केही मुलुकले फ्नै गम्भीर मानवअधिकार समस्यामा बेवास्ता गरी अरू मुलुकको न्तरिक मामिलामा हस्तक्षेप गरिरहेको गतिबिधिको विरोध गर्दछ।