राष्ट्राध्यक्ष सी चिनफिङ तथा बेलारूसका राष्ट्रपतिबीच भेट-वार्ता
2023-03-01 20:33:43cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १ तारिख जन बृहद् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट वार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीनको उच्च गुणस्तरीय विकास र आधुनिकीकरण प्रक्रियाबाट बेलारूस लगायत विश्वका विभिन्न मुलुकका लागि नयाँ अवसरको सिर्जना गरिने विश्वास व्यक्त गर्नुभएको छ। बेलारूससँगै मिलेर दुवै देश सम्बन्धलाई उच्च स्तरमा स्वस्थ र स्थिर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति लुकाशेन्कोले चीनसित महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे आपसी सहकार्यलाई सबल पारी अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा र स्थिरताको संरक्षण गर्दै जान बेलारूस इच्छुक रहेको कुरा बताउनुभएको छ।