लु टापुको गहना
2023-03-01 19:07:25CRI
Share with:

सन् २०१७ को सेप्टेम्बर महिना ब्रिक्स मुलुकको शिखर सम्मेलन चीनको श्या मन शहरमा आयोजना गरिएको थियो। राष्ट्राध्यक्ष सी चिनफिङले आफूले काम गरेको शहरबारे यसरी जानकारी दिनुभयो, ‘श्या मनको दृश्य एकदमै रमणीय र मौसम निकै सुमधुर रहेकोले चीनको प्रसिद्ध समुद्र माथिको बगैंचा हो। १ महिनाअघि “हजारौं मुलुकका वास्तु सङग्रहालय” र “अन्तर्राष्ट्रिय ऐतिहासिक आवास क्षेत्र” भनिने को लाङ यु अर्थात् श्या मनको एक सानो टापुलाई औपचारिक रूपमा विश्व सांस्कृतिक सम्पदा सूचिमा समावेश गरिएको छ।  

 

प्राचीन वास्तु शैलीको प्रतिनिधित्व गर्ने कु लाङ यु टापुले बितेका वर्षयता सधैं नै राष्ट्राध्यक्ष सीको निर्देशन बमोजिम पर्यटन स्रोतको राम्रोसँग संरक्षण गर्नु बाहेक परम्परागत सांस्कृतिक संरक्षणको उचाइमा त्यहाँका पुराना भवनहरूको समष्टिगत रूपमा मर्मत र संरक्षण गर्दै आएको छ।