“विषालु रेल”को दाँजोमा अमेरिकी राजनीतिक विषाक्ता वातावरण झन् खतरनाक
2023-03-02 19:27:13cri
Share with:

“म निकै चिन्तित छु। उनीहरूले वायुको कुनै समस्या नरहेको बताए तापनि मैले विश्वास गरेको थिइन।” १ महिनाअघि देखापरेको रेल लीकबाट निस्केर विषालु रासायनिक वस्तु चुहिएको दुर्घटनाबारे चर्चा गर्दै अमेरिकी ओहिओ राज्यको पूर्वी प्यालेष्टाइन शहरका बासिन्दा मान्डीले सरकारी पदाधिकारीको भनाइको पटकै विश्वासनीय नभएको बताएकी छिन्। किनकि उनी र उनका छोराको स्वास्थ्यमा लगातार समस्या देखा परेको देखिन्छ।

 

गत फेब्रअरीको अन्त्यमा अमेरिकी वातावरणीय संरक्षण विभागका प्रमुख माइकल रिग्यानले पुनः एकपल्ट दुर्घटनास्थल पुगी स्थानीय बासिन्दाहरूसमक्ष पानी र वायु सुरक्षित रहेको दाबी गर्नुभएको थियो। तर त्यसअघि अमेरिकी वातावरणीय संरक्षण विभाग अन्तर्गत दोस्रो प्रिफेक्चरका पूर्व जिम्मेवार व्यक्ति ज्युदिथ एन्कले सञ्चार माध्यमसँग कुराकानी गर्दै स्थानीय बासिन्दाहरू कुनै कारण बिरामी भइरहेको भन्दै त्यहाँको पानी र वायुको समस्या रहेको ठहर गर्नुभएको थियो।

 

विश्वमा सबभन्दा सशक्त मुलुकका सर्वसाधारणको रूपमा रही अमेरिकी नागरिकहरूको बाँच्ने अवस्थाप्रति विश्वले दया गरेको छ। विभिन्न पार्टी समूह बीचको प्रतिस्पर्धा चर्कंदै आएको र प्रजातन्त्र डामाडोल भइरहेको सिलसिलामा अमेरिकीहरूको आधारभूत स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सकिँदैन।