चिनियाँ राष्ट्राध्यक्षद्वारा किन केन्द्रीय समितिको पार्टी स्कूल स्थापनाको ९०औँ वार्षिकोत्सव समारोहमा भाग लिनुभएको?
2023-03-02 09:56:14cri
Share with:

मार्च १ तारिख चिनियाँ सर्वोच्च नेता सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल स्थापनाको ९० औँ वार्षिकोत्सव समारोह अर्थात् सन् २०२३ वसन्तकालीन कक्षाको शुभारम्भ समारोहमा भाग लिँदै महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल कस्तो स्कूल हो?

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूल सन् १९३३ को मार्चमा स्थापना भएको मार्क्स साम्यवाद स्कूल हो भने सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलको नाम परिवर्तन गरिएको थियो। हाल यस स्कूलको मुख्य कार्यभार चिनियाँ कम्युनिष्ट पार्टीको मध्य तथा उच्च स्तरीय पदाधिकारी, श्रेष्ठ युवा सदस्य र राज्यको स्वामित्वमा रहेको उद्यमहरुका जिम्मेवार व्यक्ति, अल्पसँख्यक जातिका उच्च पदाधिकारीलाई योजनाबद्ध रुपमा तालिम दिनु हो। साथै यस स्कूल पनि चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त तथा विचारधारणको निर्माण गर्ने महत्वपूर्ण सँस्था हो।

 कम्युनिष्ट पार्टी स्थापना भएको बेला अर्थात् सन् १९२१ को ५० भन्दा बढी पार्टी सदस्यहरुबाट विकसित भएर वर्तमान ९ करोड ६० लाख पार्टी सदस्यसहित विश्वव्यापी पहिलो ठूलो सत्तारुढ पार्टी बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको अनुसन्धान गर्दा धेरै अन्तर्राष्ट्रिय विज्ञहरुले पार्टी स्कूलको स्थापना, पार्टीभित्रको सिकाइ र पार्टी पदाधिकारीको तालिमलाई जोड दिनु नै चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको कुञ्जीहरुमध्ये एक भएको बताएका छन्।