#समाचार सन्दर्भ# राजमार्ग जोडिएजस्तै जनताको मन पनि घनिष्ठ जोडिएको
2023-03-02 15:38:57cri
Share with:

हालै नेपालको राजधानी काठमाडौँको भित्री चक्रपथको दोस्रो सुधार तथा विस्तृत पार्ने परियोजना डिजाइन क्रममा प्रवेश भएको छ। यस ८.५ किलोमिटर लामो दुई लेन राजमार्ग ८ लेनमा विस्तार गरिने योजना दुई वर्षमा पुरा हुने अनुमान छ। यस अगाडि सन् २०१९ मा सञ्चालन भएको काठमाडौँ भित्री चक्रपथको पहिलो परियोजनाले गम्भीर जामको समस्याको समाधान गरिएकोले नेपाली नागरिकले यसको प्रशंसा गर्दै आएका छन्। यस कारणले गर्दा सबैले दोस्रो परियोजनामाथि अपेक्षा लिएका छन्।

यस परियोजना चीनले निर्माण गरेकोले म पनि यसमा आकर्षित भएको हो। चीनमा एउटा भनाइ छः धनी बन्ने हो भने सर्वप्रथम राजमार्गको निर्माण गरिनुपर्छ। यातायात राजमार्ग नेटवर्कको निर्माण जनताको जीवनयापनकालागि लाभ तथा विकास ल्याउने आधारभूत महत्वपूर्ण कार्य हो। नेपाल चीनको दक्षिण एशियाको महत्वपूर्ण सहयोगात्मक साझेदार भएकोले चीनले दुई मुलुकका जनताको जीवनयापनसम्बन्धी राजमार्ग नेटवर्क र नाकाको निर्माण आदि पूर्वाधार परियोजनालाई दौत्य सहयोग र आदानप्रदानमा प्राथमिक स्थानमा राख्दै आएको छ।

चालू वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो। विगत दश वर्षमा चीन र नेपालको साझा प्रयासमा अरनिको राजमार्गको पहिलो, दोस्रो र तेस्रो चरणको परियोजना, काठमाडौं चक्रपथ सडक विस्तार परियोजनाको पहिलो चरण परियोजना, काठमाडौँ कुलेखानी हेटौडा टनेल (केकेएचटी) राजमार्ग परियोजना सुचारू रुपमा पूरा भएका छन्। काठमाडौं चक्रपथ सडक विस्तार परियोजनाको दोस्रो चरण, नेपालको काठमाडौँ तराई मधेश (केटीएफटी) द्रुतमार्ग परियोजना, नारायणगढ-बुटवल राजमार्गलगायतका सर्वसाधारण लाभान्वित हुने विभिन्न परियोजना सुचारु रुपमा चलिरहेका छन्। ती यातायात सञ्जाल निर्माण परियोजनाले नेपाली सर्वसाधारणहरूको जीवनस्तर निरन्तर रुपमा सुध्रिएको छ। नेपाली सर्वासधारणहरूले ती परियोजनाहरूबाट वस्तुगत फाइदा पाएका छन्।

नाका एक देशको बाह्य खुलापनको झ्याल हो, आर्थिक विश्वव्यापीकरण र क्षेत्रीय एकीकरणको पेटी हो र सर्वसाधारणको जीवनसित सम्बन्धित महत्वपूर्ण बाटो हो। चीन र नेपालको सिमाना लाइनमा दुई पक्षको सहमतिमार्फत छ जोडी नाका खोलिएका छन्।

केही समयअघि केरूङ भन्सार आयात-निर्यात पुनःसुरू गर्नुका साथै पूलान भन्सारमा पनि नेपालका लागि सामानको ढुवानी पुनःसुरू भएक छ। हाल यी दुई भन्सार राम्ररी सञ्चालन भएका छन्। चीनले चालू वर्षमा लिजी भन्सारको निर्माण पूरा गर्नेछ। लिजी, छनथाङ तथा रिवङ लगायत तीन भन्सारको खुलापन मामिलामा अनुसन्धान भइरहेका छन्।भन्सार सहयोग सक्रिय तथा व्यावहारिक हुनुका साथै ठूलो निहित शक्ति रहेको छ।

देशको सम्बन्धको आधार जनताको सम्बन्ध हो। दुई देशका जनताले एक आपसलाई बुझेर आदानप्रदान बढाएमा देशबीचको मैत्रिपूर्ण आधार अझै सुदृढ हुनेछ, व्यावहारिक सहयोग अझै बढ्नेछ। नेपालका लागि चिनियाँ राजदूत छन सोङको भनाइजस्तै, “हामी विचार तथा शक्ति संकलन गरेर वर्तमानका लागि फाइदा पुर्याउनुका साथै भविष्यका लागि योजना बनाएर अझै घनिष्ट चीन-नेपाल भाग्य समुदायको निर्माण गर्नेछौँ।”