जजिराले भैरहवाबाट फागुन २५ देखि पुन: उडान थाल्ने
2023-03-04 16:52:52cri
Share with:

 

जजिरा एयरलाइन्सले एक सातापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुन: उडान थाल्ने भएको छ। जजिराले एक प्रेस विज्ञप्ति जारी गर्दै कुवेतका लागि सातामा ३ दिन उडान थाल्ने घोषणा गरेको हो। फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

जसअनुसार भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८: ०५ बजे कुवेतका लागि उडान हुनेछ। त्यस्तै कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ :५० बजे उडान हुनेछ। भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिनुभयो।