चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन शुरू
2023-03-04 18:24:05cri
Share with:

चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री संस्था अर्थात् चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ४ तारिख दिउँसो पैचिङमा शुरू भएको छ। जुन जन राजनीतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिका लागि ५ वर्षिय कार्यावधिमा रहेको पहिलो वार्षिक अधिवेशन हो। सी चिनफिङ लगायत पार्टीका नेता र देशका नेतागण उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।