दृढता साथ माल्भिनास टापु सम्बन्धी अर्जेन्टिनाको उचित आग्रहलाई समर्थन
2023-03-04 18:36:58cri
Share with:

 

अर्जेन्टिनाले जी २० समूहको परराष्ट्र मन्त्री सम्मेलन अवधिमा बेलायतलाई औपचारिक रूपमा के सूचना दिएको छ भने दुवै देश बीच सन् २०१६ मा माल्भिनास टापुको भिडन्तबारे सम्पन्न फोराडोरी दान्क्यान सम्झौताको अन्त्य गरेको घोषणा अर्जेन्टिनाका परराष्ट्र मन्त्री सान्टियागो काफिएरोले मार्च २ तारिख गर्नुभएको छ। साथै उहाँले संयुक्त राष्ट्र संघ महासभाको २०६५ नं निर्णय प्रस्ताव बमोजिम माल्भिनास टापुको सार्वभौमिकता सम्बन्धी सम्झौता वार्ताको पुन:आरम्भ गर्ने माग पनि बेलायतसमक्ष प्रस्तुत गर्नुभएको छ। जुन अर्जेन्टिनाले माल्भिनास टापुको सार्वभौमिकताबारे प्रस्तुत गरेको उचित आग्रह भएकाले अन्तर्राष्ट्रिय समाजले त्यसलाई दृढताका साथ समर्थन गर्नुपर्छ।


१९० वर्षयता माल्भिनास टापुको सार्वभौमिकता सधैँ नै अर्जेन्टिनाका जनताहरूको मनमा रहँदै आएको दु:ख हो। हाल अर्जेन्टिनाको पछिल्लो कारवाईबाट माल्भिनासको सार्वभौमिकतालाई फिर्ता लिने दृढ अठोट पनि प्रतिबिम्बित भएको छ। माल्भिनास टापुलाई फोकल्याण्डको टापु पनि भनिन्छ।