मानव अधिकार लाइटहाउसले दुखित जीवन भोगिरहेका बाल श्रममाथि किन अन्याय?
2023-03-04 18:35:07cri
Share with:

बाल बालिका विश्वका आशा र भविष्य हुन्। तैपनि अन्तर्राष्ट्रिय श्रम संगठन र संयुक्त राष्ट्र संघको बाल कोषले मार्च महिनाको आरम्भमा जारी गरेको संयुक्त प्रतिवेदनमा बालबालिकाबीचको गरिबी समस्या अझ गम्भीर रहेकाले बालबालिकाको संरक्षणलाई सबल पार्न विभिन्न मुलुकलाई आह्वान गरेका छन्।


दास व्यापार र जातीय भेदभाव जस्तै अमेरिकाको बाल श्रम समस्या लामो समयदेखि रहँदै आएको देखिन्छ। हालसम्म यो समस्याको समाधान पनि गर्न सकिएको छैन।


तर अमेरिकी सरकारले यस समस्याको बारेमा आँखा चिम्लेर व्यवहार गर्दै आएको छ। हालसम्म अमेरिका “बाल अधिकार सन्धि”को अनुमोदन नगर्ने संयुक्त राष्ट्र संघको एउटा मात्र सदस्य रहेको छ। साथै गम्भीर बाल श्रम समस्याका कारण अमेरिकालाई धेरै पटक अन्तर्राष्ट्रिय श्रम संगठनले नाम किटान गर्दै आलोचजना गरेको छ। मानव अधिकार लाइटहाउसले दुखित जीवनमा भोगिरहेका बाल श्रममाथि किन यत्रो अन्याय?