कानुनअनुसार निजी उद्योग व्यवसायीको सम्पत्ति अधिकार तथा व्यवसायीको हित संरक्षण
2023-03-05 10:28:09cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च ५ तारिख बिहान चिनियाँ राष्ट्रिय जन-कांग्रेसमा सरकारी कार्य-प्रतिवदेन पेश गर्दै चीनले कानुनअनुसार निजी उद्योग व्यवसायीको सम्पत्ति अधिकार तथा व्यवसायीको हित-अधिकारको संरक्षण गर्ने उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री लीले निजी क्षेत्रको अर्थतन्त्र तथा निजी उद्योग व्यवसायको विकासमा प्रेरणा गर्ने, मध्य, साना तथा सूक्ष्म व्यवसाय तथा निजी कारोवारीको विकासको समर्थन गर्ने र विभिन्न किसिमका व्यवसायका लागि निष्पक्ष प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नका लागि घनिष्ट तथा स्वच्छ सरकार र व्यवसायी सम्बन्ध निर्माण गर्दै व्यावहारिक नीतिमार्फत बजारमूलक विश्वास बढाउने विषय प्रतिवेदनमा समेट्नु भएको छ।