सन् २०२२ मा चीनमा मूल्यवान नयाँ उपलब्धि हासिल
2023-03-05 09:30:44cri
Share with:

मार्च ५ तारिख बिहान चीनको सर्वोच्च राष्ट्रिय धिकारिक संस्थान राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन पैचिङमा सुरू भएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले अधिवेशनमा सरकारी कार्य प्रतिवेदन पेश गर्दै सन् २०२२ मा चीनको अर्थतन्त्र स्थिर रुपमा चलेको, विकास गुणस्तर स्थिर रुपमा उकासिएको, समाज स्थिर रहेको र चीनको विकासले कठिन नयाँ उपलब्धि हासिल गरेको बताउनुभएको छ।

प्रधानमन्त्री लीले विगत एक वर्षमा चीनको आर्थिक विकास महामारीलगायत स्वदेशी र विदेशी कारक-तत्वबाट असर रेको, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले महामारी बिरुद्ध र आर्थिक तथा सामाजिक विकासको प्रभावकारी रुपमा व्यवहार गरेको बताउनुभयो। 

प्रधानमन्त्री लीका अनुसार, सन् २०२२ मा चीनको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतले बृद्धि भएको । शहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिएको छ। चीनले जटिल वातावरणमा समग्र वर्षको मुख्य लक्ष्य पूरा गरेको