विगत पाँच वर्षमा चीनको वार्षिक बृद्धिदर ५.२ प्रतिशत
2023-03-05 09:56:35cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च ५ तारिख बिहान १४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा सरकारी कार्य-प्रतिवदेन पेश गर्दै विगत पाँच वर्षमा चीनको र्थिक सामाजिक विकासले ठूलो उपलब्धि हासिल गरेको बताउनुभएको छ। राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन मात्रा १२१० खर्ब युन पुगेर सरदर वार्षिकथिक बृद्धि दर ५.२ प्रतिशत पुगेको छ। विगत दश वर्षमा लगभग ७०० खर्ब बृद्धि भएर वार्षिक सरदर बृद्धि दर ६.२ प्रतिशत पुगेको छ। यसबाट चीनको र्थिक शक्ति स्पष्ट बृद्धि भएको प्रष्ट हुन्छ।

प्रतिवेदनले देखाएअनुसार, विगत पाँच वर्षको अवधिमा चीनको सुधार तथा खुलापन निरन्तर गहन रूपमा बढाइएको, बीआरआई वास्तविक रूपमा अगाडि बढेको, चीनको माल-समानको यात-निर्यात कूल रकम ४०० खर्ब युनभन्दा बढी पुगेको र भित्र्याइएको विदेशी पूँजी तथा बैदेशिक लगानी विश्वको अघिल्लो स्थानमा रहेको छ। यसबाहेक, चीनले गरिबीको निवारण, बैज्ञानिक तथा प्राविधिक आविष्कार र वातावरणको सुधार आदि क्षेत्रमा पनि ठूलो उपलब्धि हासिल गरेको छ।