सन् २०२३ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने
2023-03-05 10:05:47cri
Share with:

मार्च ५ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले चिनियाँ राष्ट्रिय जन कांग्रेसको अधिवेशनमा सरकारी कार्य प्रतिवेदन पेश गर्दै सन् २०२३ मा चीनको आर्थिक बृद्धि अनुमानित लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा करीब ५ प्रतिशतले बृद्धि हुने उल्लेख गर्नु भएको छ। 

उक्त प्रतिवेदनअनुसार, शहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिने छ। शहर र गाउँमा बेरोजगार दर करीब ५.५ प्रतिशत हुनेछ। वासिन्दाको उपभोग मूल्यमा ३ प्रतिशतले बृद्धि हुनेछ। आयात र निर्यातमा स्थिरताका साथ बृद्धि हुनेछ। चीनको अन्तर्राष्ट्रिय आयव्यय आधारभूत रुपमा सन्तुलित हुने छ। पर्यावरणीय वातावरण गुणस्तर स्थिरताका साथ सुध्रिने छ।