चीनमा दन्त प्रत्यारोपणको मूल्य घटाइयो
2023-03-06 16:14:27CRI
Share with:


चीनको राष्ट्रिय जन काँग्रेस र चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन ( दुई अधिवेशन) बेइजिङमा जारी छ। चीनका विभिन्न ठाँउ, विभिन्न व्यवसायका प्रतिनिधिहरूले राष्ट्रिय विकाससँग सम्बन्धित धेरै विषयमा के कसरी विचार विमर्श गर्छन् र सुझावहरू दिने गर्छन्? तपाईँलाई एउटा दाँतबाट विस्तारमा जानकारी दिइने छ। 

दन्त प्रत्यारोपण कृत्रिम दन्त प्रत्यारोपणको रूपमा पनि चिनिन्छ। महँगा डेन्टल इम्प्लान्टहरू संसारभरका देशहरूमा एक सामान्य समस्या हो। उत्पादन वस्तु तथा सामग्रीको लागतको गणना गरेपछि चीनमा एउटा दाँत प्रत्यारोपण गर्दा कम्तिमा १,००० देखि ३,००० अमेरिकी डलर बराबर खर्च लाग्ने देखिन्छ। 

सन् २०२१ मा डेन्टल इम्प्लान्टको मूल्य घटाउने विचार देखा पर्यो। यसै वर्ष चीनको आनहुई प्रान्तका कुशल कामदार ली सियाओलीले १३ औँ राष्ट्रिय जनकाँग्रेसको प्रतिनिधिको रूपमा, सन् २०२१ मार्चमा आयोजित सम्मेलनलाई "दन्त प्रत्यारोपण सामग्रीको लागत, उपचारलाई चिकित्सा बीमामा समावेश गर्ने प्रस्ताव" प्रस्तुत गरे।

सन् २०२२ को जनवरीमा, चीन सरकारले "ठूलो परिमाणमा खरीद" गर्दै मूल्य कटौती गर्न सफल भयो।

सन् २०२३ को जनवरीमा, दन्त प्रत्यारोपण उत्पादनको औसत मूल्य ९०० युआनसम्म (लगभग १३० अमेरिकी डलर) मा झरेको छ, जुन पहिलेको दाँजोमा ५५% कमी भएको छ। 

एउटा सानो दाँतदेखि देशको आर्थिक र सामाजिक विकासको प्रगतिसम्म, एकपछि अर्को गरी प्रस्तुत गरिने प्रस्तावहरूको कार्यान्वयनबाट "जनताको इच्छाको जवाफ दिइन्छ र जनताको आवाजको प्रतिध्वनि गरिन्छ" भन्ने देखाइएको छ।