चिनियाँ शैलीको आधुनिकीकरणबाट विश्वका लागि अवसर
2023-03-06 17:20:51cri
Share with:

चालु वर्षका दुई राष्ट्रिय धिवेशन चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक आयोजना भएका हुन्। अधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा धेरै नजर आकर्षित भएको छ। मार्च पाँच तारिख चीन सरकारले सर्वोच्च निकाय राष्ट्रिय जन काङ्ग्रेससमक्ष पेश गरेको सन् २०२३ को सरकारी कार्य प्रतिवेदनमा स्थिरता कायम राख्दै प्रगति खोज्ने सामान्य स्वरलाई पालना गर्ने, आर्थिक सञ्चालनको समग्र सुधारलाई प्रवर्द्धन गर्ने र समग्र आर्थिक सञ्चालनमा सुधार गर्ने कुरामा जोड दिइएको छ। साथै यस प्रतिवेदनले यस वर्ष चीनको विकासका मुख्य अपेक्षित लक्ष्यहरू सार्वजनिक गरेको छ। विश्व अर्थतन्त्र घट्दै जाने दबाबको पृष्ठभूमिमा यो प्रतिवेदनले विश्वमा दुर्लभ विश्वास पाएको छ ।

उच्च गुणस्तरीय विकास हासिल गर्नु चिनियाँ शैलीको आधुनिकीकरणको एक आवश्यक आग्रह हो। विगत पाँच वर्षमा चीनको कूल गार्हस्थ उत्पादन बढेर १२१ ट्रिलियन युआन पुगेको छ, जसको औसत वार्षिक वृद्धि दर ५.२ प्रतिशत रहेको छ। दश वर्षमा ६.२ प्रतिशतको औसत वार्षिक वृद्धि दरका साथ झन्डै ७० ट्रिलियन युआनले वृद्धि भएको छ। सन् २०२२ मा स्वदेश र विदेशमा धेरै अप्रत्याशित कारकहरूको प्रभावमा चिनियाँ अर्थतन्त्रले बलियो लचिलोपन र ठूलो सम्भावना देखाउँदै ३ प्रतिशतको वृद्धि दर हासिल गरेको छ।

यस वर्ष चीनले आर्थिक विकासको सामना गरिरहेको आन्तरिक र बाह्य अवस्थालाई पूर्णतया विचार गर्दै र आधुनिकीकरण प्रक्रियालाई ठोस रूपमा अगाडि बढाउने आवश्यकताहरू पूरा गर्दै जिडिपीको ५ प्रतिशत वृद्धिको लक्ष्य राखेको छ। यस्तो पृष्ठभूमिमा चीनको उक्त आर्थिक वृद्धि लक्ष्य उचित र बजारमूलक पूर्वानुमानसित अनुकूल छ।

विश्वव्यापी परिप्रेक्ष्यबाट हेर्दा चीनको अर्थतन्त्रप्रतिको विश्वास पनि बढ्दै गएको छ। हालै धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२३ मा चीनको आर्थिक वृद्धिको प्रक्षेपणलाई उकासेका छन्। फक्सवागन, एप्पल, मर्सिडिज बेन्च, फाइजर र अन्य धेरै अन्तर्राष्ट्रिय कम्पनीका उच्च कार्यकारीहरुले चीनमा लगानीका लागि छलफल गर्न आएका छन् वा आउने योजनामा छन्। वाल स्ट्रिट जर्नलले टिप्पणी गरेअनुसार चीनको बलियो पुनरुत्थान आर्थिक शक्तिले यस वर्षमा विश्वव्यापी अर्थतन्त्रको बलियो वृद्धिको सम्भावनालाई बढाएको छ।

यस वर्ष चीनको आर्थिक विकासका मुख्य कार्यहरूमा घरेलु माग विस्तार गर्ने, आधुनिक औद्योगिक प्रणालीको निर्माणलाई तीव्रता दिने, विदेशी पुँजी आकर्षित गर्ने र ठूला आर्थिक तथा वित्तीय जोखिमहरूलाई प्रभावकारी रूपमा रोक्दै न्यूनीकरण गर्ने समावेश छन्। यो चिनियाँ शैलीको आधुनिकीकरणको ठोस प्रगतिका लागि मात्र नभई विश्वका लागि पनि थप अवसरहरू हुन्।

"आधुनिक समाजवादी देशको बृहत् निर्माणका लागि राम्रो शुरुवात गर्नुपर्छ" - यस वर्षमा चीनको आर्थिक र सामाजिक विकासको समग्र आवश्यकता हो। वर्तमानमा बाह्य वातावरणको अनिश्चितता बढ्दै गएको छ र घरेलु आर्थिक वृद्धिको जग बलियो बनाउन आवश्यक छ। चीनले अझै उच्च गुणस्तरीय विकासको प्रवर्द्धन गर्न धेरै प्रयास गर्न आवश्यक छ। चीनको दीर्घकालीन आर्थिक बृद्धिको आधारभूत कुराहरू परिवर्तन भएका छैनन्। कडा परिश्रम गरेर भविष्य जित्ने र विश्वसँग जित हासिल गर्ने कुरामा चिनियाँ जनता विश्वस्त छन्।