चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा किन बारम्बार उच्च गुणस्तरीय विकासमा जोड दिइएको
2023-03-06 10:04:59cri
Share with:

चीनको राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन हाल पैचिङमा जारी छ। मार्च ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले च्याङ सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा भाग लिँदै उच्च गुणस्तरीय विकास विषय केन्द्रित आफ्नो विचार प्रस्तुत गर्नुभएको छ।

उहाँका अनुसार, उच्च गुणस्तरीय विकासकालागि चीनको सम्पूर्ण रूपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने सर्वप्रथम कार्यभार रहेको छ। उहाँको विचारमा, चीनले उत्कृष्ठ वैज्ञानिक अध्ययनको समर्थन दिँदैजाने, प्रभावकारी प्राविधिक सिर्जना केन्द्रको स्थापना गर्ने, आधुनिक औद्योगिक प्रणालीको निर्माण गर्ने, वास्तविक अर्थतन्त्रको विकासमा ध्यान दिने, उच्च स्तरीय विदेशी खुलापनलाई अघि बढाउने छ। यी तरिकामार्फत चीनको उच्च गुणस्तर विकासलाई साकार तुल्याउने छ।