चीन उच्चस्तरीय वैदेशिक खुलापनाको कर्ता
2023-03-06 15:18:55CRI
Share with:

चीन राज्य परिषदको प्रेस कार्यालयले ६ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै उच्चस्तरीय विकास गरेर समाजवादी आधुनिकीकरण देशको निर्माणका लागि राम्ररी सुरूआत गर्ने विषयबारे जानकारी दिएको छ।

राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख याङ यिनखाइले दिनुभएको जानकारीअनुसार, सन् २०२२ मा चीनले विदेशी लगानी भित्र्याउने उपलब्धिमा तीन नयाँ परिवर्तन देखिएको छ।

पहिलो, वैदेशिक लगानी भित्र्याउने गुणस्तर निरन्तर माथि उकासेर उत्पादन तथा उच्चस्तरीय प्रविधि उद्योगमा प्रयोग गर्ने वैदेशिक लगानी क्रमशः ४६.१ र २८.३ प्रतिशतले बढेको छ।

दोस्रो, वैदेशिक लगानीमा अझै विविधता छ। चीनका लागि यूरोपेली संघ र “बेल्ट एण्ड रोड” वरिपरिका देशको लगानी क्रमशः ९२.२ र १७.२ प्रतिशतले बढेको छ।

तेस्रो, वैदेशिक लगानी गर्ने क्षेत्र क्रमशः संतुलित बन्दै छ। मध्य भाग र पश्चिमी भागमा प्रयोग वैदेशिक लगानी क्रमशः २१.९ र १४.१ प्रतिशतले वृद्धि भएको छ।   

चीन सधैँ नै उच्चस्तरीय वैदेशिक खुलापनको कर्ता हो। चीनले अझै खुला तथा सहिष्णु धारणामा वैदेशिक लगानीकालागि प्रेरणा र प्रोत्साहन दिने पनि जनाइएको छ।