चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले भाइरस स्रोतको वैज्ञानिक ट्रेस विषयमा चीन सक्रियताका साथ संलग्न भइरहेको र त्यसलाई कुनै किसिमको राजनीतीकरण बनाउने कुराको कडा विरोध गरिरहेको बताउनु भएको छ।
मार्च ६ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। चीनले विश्व स्वास्थ्य संगठनका विशेषज्ञसँग दुई पटक भाइरस स्रोत ट्रेस सहयोग गरी वैज्ञानिक तथा आधिकारिक संयुक्त अनुसन्धान प्रतिवेदन निकालेर विश्वको भाइरस स्रोत ट्रेस गर्न दृढ आधार प्रदान गरेको भन्दै प्रवक्ता माउ निङले कोभिड-१९ भाइरस स्रोत ट्रेस विषयमा चीनले साझा गरेको तथ्याङ्क र अनुसन्धान उपलब्धि सबभन्दा बढी भएको छ भने विश्वको भाइरस स्रोत ट्रेस कार्यलाई ठूलो योगदान दिएको बताउनुभयो।
प्रवक्ता माउ निङले केही समययता अमेरिकाले भाइरस स्रोत ट्रेस विषयलाई राजनीतीकरण गर्दै हतियार र उपकरणका रुपमा प्रयोग गरेर बिना प्रमाण भएको अवस्थामा जीवविज्ञान हतियाकरण धारणा र प्रयोगशालाबाट भाइरस निकालिएको धारणा लगायत चीनलाई बदनाम गर्ने काम गर्दै विश्वको भाइरस स्रोत ट्रेस वातावरणलाई बिगारिररहेको बताउनुभयो। कोभिड-१९ भाइरस स्रोत ट्रेस गर्नु नै विश्वका सबै मुलुकको साझा जिम्मेवारी रहेको पनि प्रवक्ता माउ निङले उल्लेख गर्नुभयो।