सन् २०२२ मा चीनको जीडीपी १२०० खर्ब युआन पुगेको
2023-03-06 15:56:26CRI
Share with:

चीन राज्य परिषदको प्रेस कार्यालयले ६ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै समाजवादी आधुनिकीकरण देश निर्माणकालागि उच्चस्तरीय विकासबाट राम्ररी सुरूआत गर्ने सम्बन्धमा जानकारी दिएको छ।

राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख चाउ छनसिनले दिनुभएको जानकारीअनुसार, सन् २०२२ मा चीनको जीडीपी १२०० खर्ब युआनको नयाँ उचाइमा पुगेको छ। बढेको ६१ खर्ब युआन विश्वको मध्य देशको वर्षभरिको जीडीपीसँग बराबर छ। विश्वव्यापी रूपमा उच्च मुद्रास्फिति भएको अवस्थामा चीनको सीपीआई २.० प्रतिशतले बढेको छ। शहर-बस्तीमा १ करोड २० लाख ६० हजार मानिसलाई रोजगारी थपेको छ, जुन वार्षिक लक्ष्यभन्दा अधिक रहेको छ। अन्तर्राष्ट्रिय आय-व्यय सन्तुलित रूपमा कायम राखिएको छ।

त्यसका साथै विकासको गुणस्तर पनि स्थिर रूपमा बढेको छ। उद्योग, क्षेत्र, लगानी, उपभोगलगायत क्षेत्रको ढाँचागत सुधार तीव्र पारेको छ, हरित, कम कार्बन तथा पुन: प्रयोगयोग्य विकास अगाडि बढाइएको छ, गरिबी निवारणको उपलब्धि सुदृढ पार्नुकासाथै सामाजिक प्रत्याभूति प्रणाली क्रमशः सुधारिँदै सार्वजनिक सेवाको स्तर स्थिरताका साथ बढाइएको छ। महत्वपूर्ण उद्योग श्रृँखला तथा आपूर्ति श्रृँखलाको सुरक्षा क्षमता पनि अझै बढेको छ।