कम्बोडियाकी विद्यार्थी छन् चिन निङको चीन बसाइको कथा-१
2023-03-06 09:50:58cri
Share with:

चनमा अध्ययनरत् धेरै विदेशी विद्यार्थीहरुले चीनको विकासबाट आफ्नो जीवन तथा पढाईमा ल्याइएका विविधता र सुविधाको अनुभव गर्दै “टाढाबाट आएका साथीसँग भेट्नु खुसीको कुरा” भन्ने चिनियाँ जनताको उत्साहको महसूस गरिरहेका छन्। यसका साथै उनीहरुले चीनमा सुरक्षाको महसूस गर्दै आफ्नो घरको अनुभव गरेका छन्। चीनको नान निङ शहरमा रहेको क्वाङ सी जातिय विश्वविद्यालयमा अध्ययनरत् कम्बोडियाकी विद्यार्थी छन् चिन निङ तिनीहरुमध्येकी एक हुन्।

क्वाङ सी जातिय विश्वविद्यालयको छेउमा रहेको एउटा पार्कको सुन्दर दृश्य छ। छन् चिन निङ र उनका साथीहरु सधैँ यहाँ घुम्छन्। घुम्दाघुम्दै उनी चीनसँगको सम्बन्धको आरम्भबारे बताउँछिन्,

पहिलो पटक चीन आउँदा म १० वर्षको थिएँ। मेरा बुवा आमासँगै यहाँ आएकी थिएँ। त्यसै बेला मैले पछि मौका मिल्यो भने चीन आउने विचार गरेकी थिएँ। चीनमा विद्यालयहरुको वातावरण सुन्दर थियो। अरु देशका विद्यार्थीहरुसँगै पढ्ने मेरो इच्छा थियो। 

हिजोआज छन् चिन निङ मिहिनेतका साथ चिनियाँ भाषा पढिरहेकी छिन्। उनका अनुसार, कम्बोडियामा चिनियाँ भाषा पढ्ने युवा-युवतीहरुको संख्या धेरै छ। उनीहरु चिनियाँ चलचित्र हेर्छन्, चिनियाँ सङ्गीत सुन्छन् र चिनियाँ सामाजिक मिडियाको उपयोग गर्छन्। कम्बोडियाको युवा पुस्ताका लागि चिनियाँ भाषा एक शब्द अथवा एक वाक्य मात्रै होइन, उनीहरुका लागि रोजगारी छान्ने र आय बढाउने आवश्यक सीप पनि हो।

कम्बोडियामा धेरै मान्छेहरु चिनियाँ भाषा पढ्दै छन्। यदि चिनियाँ भाषा बोल्नसक्ने हो भने राम्रो काम पाउन सकिन्छ। किनभने अहिले धेरै चिनियाँ व्यवसायीहरुले कम्बोडियामा कम्पनी संचालन गरेका छन्। 

छन् चिन निङले चीन आउनुअघि आफ्नो चिनियाँ भाषा त्यति राम्रो नभएको कारण चिनियाँहरुसँग कुराकानी गर्न गाह्रो हुने छ भनेर चिन्ता लिएकी थिइन्। साथै विदेशमा एकजना केटीको सुरक्षाप्रति पनि उनले चिन्ता गरेकी थिइन्। तथापि चीन आएपछि यी चिन्ताहरु हटेको छ। उनले आफ्नो जन्मथलोबाट २ हजार किलोमिटर टाढा नान निङ शहरमा सुरक्षाको अनुभव गरेकी छिन्।

मेरो चिनियाँ भाषा त्यति राम्रो थिएन। मैले चिनियाँहरुसँग कुराकानी गर्न नसक्ने चिन्ता थियो। तथापि चिनियाँहरुले मसँग कुराकानी गरे। तिनीहरुले मेरो चिनियाँ भाषा राम्रो भएको भन्दै हौसला दिए। अर्को कुरा भनेको बाहिर घुम्दा सुरक्षाप्रति पनि मैले चिन्ता गरेकी थिएँ। तथापि बाहिर निस्कँदा एक्लै भएपनि निकै सुरक्षित भएको मैले पाएँ।