राष्ट्राध्यक्ष सी चिनफिङद्वारा किन निजी आर्थिक क्षेत्रको विकासलाई प्रोत्साहन
2023-03-07 09:58:55cri
Share with:

मार्च ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनमा संलग्न भएका राष्ट्रिय प्रजातान्त्रिक निर्माण समिति र उद्योग तथा वाणिज्य संघका सदस्यहरूसँग भेट गर्नुभएको छ। यी दुई क्षेत्रका सदस्यहरू मुख्य रूपमा आर्थिक विज्ञ र विद्वान तथा निजी व्यवसायीहरू हुन्। भेटमा राष्ट्राध्यक्ष सीले निजी अर्थतन्त्रको स्वस्थ विकास र उच्च गुणस्तर विकासलाई साकार तुल्याउन प्रोत्साहित गर्नुभएको छ।

तथ्यांक अनुसार, निजी अर्थतन्त्रले चीनलाई ५० प्रतिशतको करको आय, ६० प्रतिशतको जीडीपी, ७० प्रतिशतको प्राविधिक सिर्जना र ८० प्रतिशतको सहरी रोजगारीको प्रदान गरेको छ।

राष्ट्राध्यक्ष सीले निजी लगानीला राष्ट्रिय मुख्य परियोजनामा भाग लिएर राष्ट्रिय व्यवसाय सँगसँगै जनताको साझा समृद्धिको सामाजिक कार्यभार लिन पनि प्रोत्साहन गर्नुभएको छ।