#अल्पसंख्यक जाति# सर्वसाधारणको जीवनलाई अझै स्वादिलो र मिठो बनाउने—चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि स्याउ ट्रोमा
2023-03-07 09:46:01CRI
Share with:

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि स्याउ ट्रोमा उत्तर-पश्चिमी चीनको छिङ हाइ प्रान्तीय ह्वाङ नान तिब्बत जातीय स्वायत्त प्रिफेक्चर थुङ रेन शहरीय खाने पानी कम्पनीकी एकजना कर्मचारी हुनुहुन्छ। सन् २०१८ मा उहाँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिमा  नियुक्त हुनुभयो। ५ वर्षपछि चालु वर्ष उहाँ निरन्तर नियुक्त हुनु भएको छ। 

करिब २० वर्षमा उहाँले खाने पानी कम्पनीका हरेक पदमा काम गर्नुभयो। सबैभन्दा आधारभूत पदमा काम गर्ने अनुभवले उहाँलाई सर्वसाधारणको माग अझ बढी बुझ्न सिकाएको छ।

छिङ हाइ प्रान्त छिङहाइ-तिब्बत पठारभूमिको मध्य भागमा पर्दछ। त्यहाँ याङसी नदी, ह्वाङ ह नदी र लानछाङ नदीको सुरूवाद हो। त्यसैले त्यहाँ पनि तीन नदीको सुरू मानिएको छ। त्यसैले स्याउ ट्रोमाले छिङ हाइ प्रान्तमा ह्वाङ ह नदीको पर्यावरणको संरक्षणबारे सुझाव-राय दिनुभएको छ। तीन नदीको सुरू मानिएको क्षेत्रलाई अझै सफा पार्नु उहाँको सबैभन्दा ठूलो आशा हो। 

यसै वर्षको दुई अधिवेशनमा पर्यावरणको सुरक्षा पनि स्याउ ट्रोमाको मुख्य सुझाव हो। दुई अधिवेशनअघि उहाँले ३६०० मिटर अग्लो छिङ हाइ प्रान्तीय थाउ ह युआन राष्ट्रिय सिमसार पार्कमा धेरैपटक अनुसन्धान गर्नुभयो। थाउ ह नदी ह्वाङ ह नदीको माथि पहुँचमा दोस्रो ठूलो शाखा हो। 

स्याउ ट्रोमाले कडा धारणा लिएर जनताको प्रतिनिधिको जिम्मेवारी वहन गर्नुभएको छ। विगत ५ वर्षमा स्याउ ट्रोमाले जन्मथलोको आर्थिक तथा सामाजिक विकासमा रहेको कठिनाइ तथा समस्याबारे ५५ वटा सुझाव दिनुभयो। त्यसमध्ये ३ वटा राष्ट्रिय जन काँग्रेसबाट मुख्यतः निगरानी गर्न तथा कार्यान्वयन सुझावमा राखिएका छन्। 

गत वर्षको दुई अधिवेशन अवसरमा ह्वाङ नान तिब्बत जातीय स्वायत्त प्रिफेक्चरको च खु जिल्लामा पशुपालनको निषेध तथा वृक्षरोपण बारे जानकारी पाउनका लागि  उहाँले करिब २०० किमी टाढा बस्ने पशुपालकको घरमा जानुभयो।

 

उहाँले भन्नुभयो-

“स्पष्ट रूपमा जानकारी पाएर मनमा आनन्द लाग्यो। भविष्यको दुई अधिवेशनमा मैले निरन्तर रूपमा सर्वसाधारणका लागि सुझाव दिनेछु। जसले सर्वसाधारणको जीवन अझै स्वादिलो र मीठो हुनेछ। ”