चिनियाँ शैलीको आधुनिकीकरण सबै जनताको साझा समृद्धि हुने आधुनिकीकरण-चिनियाँ परराष्ट्रमन्त्री
2023-03-07 11:00:44CRI
Share with:

१४औँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मार्च ७ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ परराष्ट्रमन्त्री छिन काङले “चीनको कूटनीति तथा वैदेशिक सम्बन्ध” बारे सम्वाददाताको प्रश्नको जवाफ दिनुभएको छ।

मन्त्री छिन काङका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरण सबै जनताको साझा समृद्धि हुने आधुनिकीकरण हो। जसबाट जनता भौतिक रूपमा मात्रै सम्पन्न नभई भावनात्मक रूपमा पनि समृद्ध हुने छ। केही देश र थोरै मानिसलाई सेवा गर्नु भनेको आधुनिकीकरण होइन। धनी मान्छे अझै धनी र गरिब अझै गरिब हुनु आधुनिकीकरण होइन। भावनाको अभाव र नैतिक कमजोरी हुनु आधुनिकीकरण होइन। विभिन्न देशका जनतालाई समान विकास गर्ने र सुख खोज्ने अधिकार छ।