सी चिनफिङद्वारा राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूसँग भेट
2023-03-07 09:51:30CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च ६ तारिख अपरान्ह चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनमा संलग्न भएका राष्ट्रिय प्रजातान्त्रिक निर्माण समिति, उद्योग तथा वाणिज्य संघका सदस्यहरूसँग भेट गर्नुका साथै राय तथा सुझाव सुन्नुभएको छ।

मार्च ८ तारिख मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रतिनिधित्वमा दुई अधिवेशनमा भाग लिने महिला प्रतिनिधि तथा सदस्यहरू, चीनका विभिन्न जातीय तथा क्षेत्रीय महिलाहरू, हङकङ तथा मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान क्षेत्रका महिला देशबन्धु र विदेशमा बसोबास गर्ने चिनियाँ महिलाहरूलाई दिवसको शुभकामना पनि दिनुभएको छ। 

भेट-वार्तामा ६ जना सदस्यहरूले बैकिङबाट नयाँ वैज्ञानिक तथा प्राविधिक सिर्जनालाई समर्थन, मध्य-साना व्यवसायलाई अझै राम्रो वातावरणको सिर्जना, ग्रामीण पुनःउत्थानलगायत विषयबारे बताएका थिए।

 

राष्ट्राध्यक्ष सी चिनफिङले उनीहरूको राय सुझाव सुनेर महत्त्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरण पूरै जनताको साझा समृद्धि हुने आधुनिकीकरण हो। सरकारी स्वामित्वयुक्त व्यवसाय र निजी कारोबारको व्यवसाय दुवै साझा समृद्धि बढाउने महत्वपूर्ण शक्ति हुन्। दुवैले साझा समृद्धि बढाउने सामाजिक जिम्मेवार वहन गर्नुपर्छ। निजी कारोबारको व्यवसायले व्यवसायमा मेलिमलाप, श्रम सम्बन्धको सक्रियताका साथ निर्माण गरिनुका साथै पूरै कामदारको फाइदा समुदायको निर्माण गरी अझै निष्पक्ष रूपमा सबै कामदारलाई व्यवसायको विकसित उपलब्धिको फाइदा पुर्याउनुपर्छ।