नयाँ यात्रामा चीनको कूटनीतिबारे व्याख्याः चिनियाँ परराष्ट्र मन्त्री
2023-03-07 16:06:23CRI
Share with:

मार्च ७ तारिख, १४औँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनको पत्रकार सम्मेलन आयोजना गरिएको छ। चीनका परराष्ट्र मन्त्री छिन काङले ‘चीनको कूटनीति र वैदेशिक सम्बन्ध' विषयमा चिनियाँ र विदेशी पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभएको छ।

सो अवधिमा छिन काङले चालू वर्षमा चीनको मुख्य कूटनीतिक कार्यबारे जानकारी दिनुभएको छ। साथै उहाँले आगामी केही समयमा चीनको कूटनीतिप्रति अपेक्षा रहेको पनि बताउनुभएको छ। यसबारे विस्तृत रूपमा छिन काङले यसरी भन्नुभयोः चीनमा कोभिड-१९ महामारीको स्थितिमा सुधार भएपछि चीन-वैदेशिक आदान-प्रदान व्यवस्थित रूपमा पुन: सुरु भएको छ र चीनको कूटनीतिले "एक्सिलेरेटर बटन" थिचेको छ।

यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः ‘हामी राष्ट्रप्रमुखको कूटनीतिलाई मार्गदर्शकको रूपमा लिनेछौँ, विशेष गरी पहिलो "चीन जोड पाँच मध्य एशियाली मुलुक" शिखर सम्मेलन र तेस्रो "बेल्ट एन्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन भन्ने दुईटा मुख्य कूटनीतिक कार्यक्रमको राम्रोसँग आयोजना गर्ने छौँ जसबाट चीनको कूटनीतिको अद्वितीय शैली देखाउने छौँ। हामीले आफ्नो मुख्य हितको संरक्षणलाई हाम्रो कार्यभारको रूपमा लिनेछौँ, साझेदारीमा भरोसा गर्दै ठूला देशहरू बीचको समन्वय र सौम्य अन्तरक्रियालाई बढाउनेछौँ। साथै अन्य देशहरूसँग मैत्रीपूर्ण सहयोग विकास गर्दै नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई अगाडि बढाउने छौँ। हामी खुलापन तथा विकासलाई लक्ष्यको रूपमा लिनेछौँ, उच्च गुणस्तरको स्वदेशी विकास र उच्च-स्तरीय खुलापनको सेवा गर्नेछौँ। साथै खुला र समावेशी विश्व अर्थव्यवस्थालाई कायम राख्दै चीनको नयाँ विकासको साथ विश्वका लागि नयाँ अवसरहरू प्रदान गर्दै जाने छौँ। हामी बहुपक्षीयतालाई मान्दै सम्पूर्ण विश्वलाई अधिक न्यायपूर्ण र उचित दिशामा लैजाने छौँ। मानवजातिले सामना गरिरहेका साझा चुनौतीहरूको समाधान गर्न अझ धेरै राम्रा चिनियाँ बुद्धि र समाधानहरूबाट योगदान गर्दै जाने छौँ।