अमेरिकाले प्रतिबन्ध लगाइरहेबाट अन्तर्राष्ट्रिय व्यापार तथा बैँकिङ व्यवस्थामा हानी: नोबेल पुरस्कार विजेता
2023-03-08 14:44:36CRI
Share with:

नोबेल अर्थ पुरस्कार बिजेता एवं स्ट्याफोर्ड विश्वविद्यालय वाणिज्य कलेजका मानार्थ डीन माइकल स्पेन्सरले हालै सीजीटीएनलाई अन्तर्वार्ता दिँदै अमेरिकाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अरू मुलुकमाथि झनै बढी एकपक्षीय आर्थिक प्रतिबन्ध लगाएको र यसबाट अन्तर्राष्ट्रिय व्यापार तथा बैँकिङ प्रणालीलाई क्षति पुर्याउने विचार व्यक्त गर्नुभएको छ।

 

स्पेन्सरले र्थिक प्रतिबन्ध र बैँकिङ नीति झनै बढी कूटनीतिक उपकरणको रूपमा प्रयोग गरी गैर-र्थिक उद्देश्यको पूरा गर्ने खोज्नेमा विशेष गरी अमेरिका अगाडि रहेको कुरा दोहोर्याउनुभयो। उहाँका अनुसार, युरोपेली लगायत धेरै मानिसले प्रश्न उठाएका छन् कि हामी साँच्चिकै यस बाटोमा अरू हिँड्नु जरूरी छ? जसले अन्तर्राष्ट्रिय व्यापार तथा बैँकिङ प्रणालीको बाटो र एकताला नै नकारात्मक प्रभाव पर्नेछ।

 

स्पेन्सरको विचारमा प्रतिबन्धला सामान्य रूपमा हेर्नुहुँदैन भने त्यसको दुरूपयोगको प्रतिरोध गर्नका लागि अन्तर्राष्ट्रिय समूहबीच कस्तो अवस्थामा प्रतिबन्ध लगाउन सकिन्छ भन्नेबारे मतैक्यता हुनुपर्छ।