जन मुक्ति सेना र सशस्त्र प्रहरी प्रतिनिधिको पूर्ण बैठकमा राष्ट्राध्यक्ष सी सहभागी
2023-03-08 19:46:15cri
Share with:

चीनको राष्ट्रिय एकीकृत रणनीति प्रणाली तथा क्षमताको प्रवर्द्धन नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले बलियो देश र सुदृढ सेनाको सामना गर्दा भएको नयाँ परिस्थिति, नयाँ कार्य र नयाँ आवश्यकता हो। उक्त कुरा चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च ८ दिउँसो १४ औँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको पहिलो पूर्ण सम्मेलन अन्तर्गत जन मुक्ति सेना तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको पूर्ण बैठकमा भाग लिँदा भन्नुभएको हो। वैचारिक समझदारीलाई एकीकृत गर्दै कामको कार्यान्वयनमा ध्यान दिएर एकीकृत राष्ट्रिय रणनीतिक प्रणाली र क्षमता निर्माणको नयाँ परिस्थितिको सिर्जना गर्न प्रयास  गर्नुपर्ने आग्रह पनि सीले गर्नुभयो।

सो बैठकमा बोल्ने प्रत्येक प्रतिनिधिको मन्तव्य ध्यान दिएर सुनेपछि राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन गर्नुभयो। सम्बोधनमा उहाँले जोड दिँदै भन्नुभयोः एकीकृत राष्ट्रिय रणनीतिक प्रणाली र क्षमतालाई सुदृढ र सुधार गर्ने काम एक जटिल प्रणालीबद्ध परियोजना हो र हामीले सुधार र नवप्रवर्तनलाई गतिशील पार्नुपर्छ।

प्राप्त जानकारी अनुसार, सो बैठकअघि सीले १४ औँ राष्ट्रिय जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा भाग लिने जनमुक्ति सेना र सशस्त्र प्रहरीबलका सबै प्रतिनिधिलाई हार्दिक स्वागत गर्नुका साथै सबैसँग सामूहिक फोटो खिच्नुभयो।