चीनको पर्यावरणीय सभ्यताको निर्माणद्वारा सुन्दर भविष्यको सिर्जना
2023-03-08 14:52:48cri
Share with:

यस वर्ष चीनको सरकारी कार्य प्रतिवेदनमा पाँच वर्षयता चीनले पर्यावरणीय संरक्षणलाई सबल पार्नुका साथै हरित कम कार्बन विकासलाई अघि बढाएको छ, साथै स्वच्छ नदी र हरित पहाड सुन र चाँदीको अवधारणा कायम राखेको छ। यसका लागि विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिले पर्यावरणीय सभ्यताको निर्माणले चीनमा गहिरो प्रभाव पारेको, चीनको वातावरण स्पष्ट सुधार देखिएर मानव र प्रकृतिबीच मेलमिलापयुक्त सहअस्तित्वको भविष्य सिर्जना गरेको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका प्रमुख फ्रान्सिस्को लाक्यामेराले चीनले जलवायु परिवर्तनको सामना गर्न ठूलो प्रयास गरेको, आर्थिक विकास र वातावरणको संरक्षणबीच सन्तुलन खोजेर दिगो विकासलाई साकार तुल्याएको बताउनुभयो।

अन्तर्राष्ट्रिय दिगो विकास प्रतिष्ठानका पूर्व प्रमुख स्कट वोनले चीनले प्रदूषणको शासन र प्रतिरोध युद्ध गरेको, वायुको गुणस्तरलाई सुधारेको, जमिन प्रदूषण पनि नियन्त्रित गरेकोले पर्यावरणीय सभ्यताको निर्माणमा वास्तविक नेतृत्व र व्यवहार देखाएको विचार व्यक्त गर्नुभयो।