सीआरआई नेपाली सेवाको १३७८० फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने
2023-03-08 10:32:12CRI
Share with:

नेपाली समय अनुसार मार्च महिनाको १५ तारिख बिहान ६ बजेर १५ मिनेटदेखि मार्च २५ तारिख अपरान्ह २ बजेर ४५ मिनेटसम्म १३७८० फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसकारण नेपाली समय अनुसार बिहान ७ बजेर १५ मिनेट तथा ८ बजेर १५ मिनेटमा प्रसारण हुने सीआरआई नेपाली सेवाको कार्यक्रम प्रसारण अवरूद्ध हुने छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ।

साथै, सो समयमा प्रसारण हुँदैइरहेका कार्यक्रमहरू यस अवधिमा क्रमशः ११८६० र ११७३० फ्रिक्वेन्सीमा साबिक समयमा सुन्नसक्नु हुनेछ।