राष्ट्र संघीय सुरक्षा परिषद्को सार्वजनिक वहसमा चीनको जानकारी
2023-03-08 10:59:55CRI
Share with:

७ तारिख आयोजित राष्ट्र संघीय सुरक्षा परिषद्को उच्चस्तरीय सार्वजनिक वहसमा चिनियाँ राज्य परिषदअन्तर्गत महिला तथा बालबालिका कार्य समितिका उपप्रमुख लीन यीले लैङ्गिक समानतामा चीनको उपलब्धि तथा योगदानबारे जानकारी दिनुभएको छ।

 

साथै २३ वर्षअघि सुरक्षा परिषद्ले नम्बर १३२५ निर्णय पारित गरेर महिला र शान्ति तथा सुरक्षा सम्बन्धलाई पुनः निर्धारित गरेको थियो। चीनले अन्तर्राष्ट्रिय जगतसँग थप प्रयासमा महिला र शान्ति तथा सुरक्षा ऐजन्डाको वचनबद्धतालाई छिटै साकार तुल्याउन आह्वान गरेको छ। 

चिनियाँ शैलीको आधुनिकीकरण बढाउने क्रममा चिनियाँ महिलाको स्थानमा ठूलो परिवर्तन भएसँगै प्राप्त अनुभव, सुखद अनुभव र सुरक्षा अनुभव निरन्तर बढ्दैआएको छ।