अमेरिका, बेलायत र अस्ट्रेलियालाई शीतयुद्धको मानसिकता त्याग्ने चीनको आग्रह
2023-03-09 19:06:13cri
Share with:

मार्च ९ मा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अमेरिका-बेलायत-अस्ट्रेलिया बीचको आणविक पनडुब्बी सहयोगबारेमा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।  

 

प्रवक्ता माउ निङले भन्नुभयोः " अमेरिका, बेलायत र अस्ट्रेलिया बीचको आणविक पनडुब्बी सहयोगबारे चीनले बारम्बार आफ्नो गम्भीर अडान राख्दै आएको छ। यी ३ मुलुकबीचको सहकार्यले आणविक प्रसारको गम्भीर खतरा निम्त्याउनुका साथै अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीलाई प्रभावित पारेको हाम्रो विश्वास छ। यसका साथसाथै हतियारको होडबाजीलाई उत्प्रेरित गर्दै एशिया-प्रशान्त क्षेत्रको शान्ति र स्थिरतालाई ध्वस्त पारेकाले यस क्षेत्रका देशहरू लगायत अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा शंका उठाएर विरोध गरेका छन्। हामी अमेरिका, बेलायत र अस्ट्रेलियालाई शीतयुद्धको मानसिकता र शून्य-योग खेल त्याग्ने ताकिता गर्छौं। यिनीहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरूलाई निष्ठापूर्वक पूरा गरी क्षेत्रीय शान्ति र स्थिरताका लागि अनुकूल कार्यहरू गर्न आग्रह गर्दछौँ।