रामचन्द्र पौडेल नेपालका नयाँ राष्ट्रपति
2023-03-09 20:25:20cri
Share with:

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ। उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदका मत पाउनुभयो। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्नु भएको हो। यससँगै उहाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेश्रो रास्ट्रपति बन्नु भएको छ। 

पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो। उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए। उता प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए।