चिनियाँ प्रतिनिधिबाट अफ्गानिस्तानी महिलाको अधिकार तथा फाइदाको संरक्षण गर्न आग्रह
2023-03-09 15:29:53CRI
Share with:

संयुक्त राष्ट्र संघस्थित चिनियाँ उप-प्रतिनिधि कङ श्वाङले ८ तारिख सुरक्षा परिषदमा अगानिस्तान मामिलाबारे सम्बोधन गर्दै अफ्गानिस्तानी महिलाको अधिकार तथा फाइदाको प्रभावकारी रूपमा संरक्षण गर्न आग्रह  गर्नुभएको छ। 

कङ श्वाङका अनुसार, अफ्गानिस्तानका महिला तथा बालिकाको अधिकार तथा फाइदाको संरक्षण गर्न बाह्य नियन्त्रण हटाइनुपर्छ। एकपक्षीय सजायले अफ्गानिस्तानको आर्थिक आधारमाथि गम्भीर असर पारेको छ। जसले स्थानीय मानव अधिकार अवस्थालाई समेत गम्भीर बनाएको छ। विदेशस्थित अफगास्तानको अर्बौं डलर अफ्गानिस्तानी जनताको सम्पत्ति भएकाले अमेरिका लगायत देशहरूले अफ्गानिस्तानी केन्द्रिय बैंकको पूँजी फिर्ता गर्नुपर्छ।

अफ्गानिस्तानका महिला तथा बालिकाको अधिकार तथा फाइदाको संरक्षण गर्न अन्तर्राष्ट्रिय जगतको सहयोग चाहिन्छ, सुरक्षा तथा स्थिरता र आर्थिक तथा सामाजिक विकास सम्बन्धित विषय रहेको पनि उहाँले बताउनुभयो। हालै अफ्गानिस्तानी महिलाको शिक्षा तथा कार्यप्रति निषेधबारे चीनले ध्यानाकर्षण गर्दै चिन्ता प्रकट गरेको छ।