चीनद्वारा कानूनको तर्जुमा गर्ने कानूनको संशोधन गर्ने
2023-03-10 14:29:38cri
Share with:

कानूनको तर्जुमासम्बन्धी कानूनको संशोधित मस्यौदाबारे लेखाजोखा गर्नु १४औँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको एउटा महत्त्वपूर्ण विषय रहेको छ। मार्च १३ तारिख बिहान अधिवेशनको समापन कार्यक्रममा राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूले उक्त मस्यौदामा मतदान गर्ने जनाइएको छ।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् स्थायी समितिअन्तर्गत कानून व्यवसाय समितिका उपप्रमुख वु चङको विचारमा अधिवेशनमाथि पेश गरेको यो मस्यौदा चिनियाँ कानून तर्जुमा व्यवस्था, अधिकार तथा क्रमिक सुधार र पूर्ण हो। जसले भविष्यमा कानूनको तर्जुमाका लागि व्यवस्थाको आधार दिने र उच्च गुणस्तरीय विकासका लागि कानूनी सुरक्षा दिने छ।

वर्तमान चीनको कानूनको तर्जुमा गर्ने कानून सन् २००० मार्चमा नवौँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनमा पारित भएको थियो।