#समाचार सन्दर्भ# भविष्यउन्मुख स्वच्छ र दृढ मन राख्दै
2023-03-10 11:06:57cri
Share with:

हरेक वर्ष चीनका “दुई राष्ट्रिय अधिवेशन” को आयोजनाको समयमा चिनियाँ परराष्ट्र मन्त्रीको पत्रकार सम्मेलन मैले ध्यान दिने विषयहरूमध्येको एक हो।

मार्च ७ तारिख भर्खरै पद सम्हाल्नुभएका चिनियाँ परराष्ट्र मन्त्री छिन काङले “बेल्ट एण्ड रोड” को सम्बन्धमा चिनियाँ र विदेशी पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै “बेल्ट एण्ड रोड” प्रस्तावले हालसम्म विश्वका चार भागमध्येको तीन भागका मुलुकहरू र ३२ वटा अन्तर्राष्ट्रिय संगठनलाई संलग्न हुन आकर्षित गरिसकेको बताउनुभएको छ। “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दश वर्षमा करीब दश खर्ब अमेरिकी डलरको लगानी भएको छ। ३ हजार वटा सहयोगात्मक परियोजना पूरा भएका छन्। “बेल्ट एण्ड रोड” आबद्ध मुलुकका लागि ४ लाख २० हजार रोजगार अवसर उपलब्ध गराइएको छ। ४ करोड मानिस “बेल्ट एण्ड रोड” प्रस्तावबाट गरिबीमुक्त भएका छन्। चीन-लाओस रेलमार्गबाट “समुद्रीतटरहित मुलुक” बाट “भूमिमार्फत् विभिन्न मुलुकको यातायात हब” बनेको छ। श्रीलंकाको पुटलाम विद्युत स्टेशनले श्रीलंकाको विभिन्न परिवारलाई बिजुली उपलब्ध गराएको छ। मोम्बासा-नैरोबी रेलमार्गले स्थानीय अर्थतन्त्रको गति २ प्रतिशतभन्दा बढी बढाएको छ।

परराष्ट्र मन्त्री छिनको यस उत्तर सुनेर मेरो मन सन् २००९ मा नेपालको त्रिभुवन विश्वविद्यालयमा बसेर पढ्दाको सम्झना र अनुभवतिर फर्क्यो: त्यति बेला, हरेक दिन मेरो सबैभन्दा ठूलो चिन्ता भनेको करिब १० घण्टा बिजुली कटौतीको समय हुन्थ्योः मैनबत्तीको धमिलो प्रकाशमा अशान्त र एक्लोपनको अनुभव; यात्रा गर्दा मलाई सबैभन्दा डरलाग्दो कुरा उथलपुथल सडकमा उड्ने धूलो थियो। यसै गरी अन्य शहरहरू जाने बाटोमा मेरो सबैभन्दा असहज कुरा भनेको पहाडी क्षेत्रको घुमाउरो बाटोमा गाडी चढ्दा चक्कर र वाक लाग्ने अनुभव थियो। अनि चीन फर्केपछि, मेरा साथीहरू र नातेदारहरूसमक्ष नेपालको सिफारिस गर्दा पूर्वाधार अपेक्षाकृत रूपमा पिछडिए तापनि "मनमोहक दृश्य र इमानदार मानिस" भएको भन्ने गरेकी छु।

बितेका केही वर्षयता, नेपालको विकासमा मैले ध्यान दिइराखेको छु र सुखद खबर पनि आइरहेका छन्: एकपछि अर्को गरी जलविद्युत परियोजना पूरा भएका छन् भने काठमाडौंमा विद्युत कटौतीका दिनहरू मूलतः समाप्त भएको छ; अरनिको राजमार्गको मर्मत परियोजनाका ३ चरण र काठमाडौं चक्रपथको विस्तार परियोजनाको पहिलो चरण सम्पन्न भएको छ; पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ...... यी सुसमाचारहरू सुनेर म धेरै खुसी छु, किनकी ती विकासहरू र परिवर्तनहरू हाम्रा दुई देश बीचको सहकार्यसँग घनिष्ट सम्बन्ध राख्छ।

चिनियाँ परराष्ट्र मन्त्री छिन काङले 'बेल्ट एण्ड रोड' बारे यसरी व्याख्या गर्नुभयोः बीआरआई नै संयुक्त परामर्श, संयुक्त निर्माण र साझेदारीको सिद्धान्तमा वस्तुगत तथा खुला पहल हो। वास्तवमा बीआरआईको प्रारूपमा कुन–कुन परियोजनाहरू छन् भन्ने कुरा म स्पष्टसँग भन्न सक्दिँन, तर ती परियोजनाहरूले नेपालमा ल्याएको विकास तथा परिवर्तन साँच्चै र व्यावहारिक रहेको भन्न सक्छु।

चीनका दुईटा अधिवेशन अवधिमा, नेपाली कांग्रेसका नेता डिबी सुनार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति एवं चीन मामिलाका विज्ञ गंगाप्रसाद उप्रेती लगायतका धेरै नेपाली विज्ञले ‘बेल्ड एण्ट रोड’ प्रस्तावले नेपाल र वरिपरिका मुलुकलाई मौका प्रदान गरेको बताउनुभएको छ। साथै नेपाल चीनको विकासबाट लाभान्वित भएका रिपोर्टहरू पनि मैले देखेँ।

म नेपाल र नेपालीलाई माया धेरै माया गर्दछु। यसकारण नेपाल अझै राम्रो हुने तथा नेपाली साथीहरूको जीवन अझै सुखमय हुने अपेक्षा लिन्छु। मेरो विचारमा धेरै चिनियाँहरूले पनि यस्तै भावना लिन्छन्।

मेरो मन सानो भए तापनि मित्रराष्ट्र सुन्दर नेपाल मनभित्र छ। साथै चीनको मन ठूलो छ, सबै साझा विकास चाहने साथीहरूलाई राखिएको छ। यस वर्ष चीनले ‘बेल्ड एण्ट रोड’ प्रस्ताव प्रस्तुत गरेको दशौँ वार्षिकोत्सव हो। दश वर्षमा यस प्रस्तावले नेपाललाई पुर्याएको विकास र परिवर्तन मैले देखेकी छु, नेपाली साथीहरूले पनि अनुभव गरेका छन् भन्ने मेरो विश्वास छ। भविष्यमा यस प्रस्तावले नेपाल र अरू धेरै मुलुकलाई अझ बढी विकासको मौका प्रदान गर्दै धेरै साथीहरूको जीवन अझै राम्रो हुने आशा गर्दछु।